राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल हुने

काठमाडौं— राष्ट्रिय सभाको बैठक बुधबार साढे २ बजे बस्दैछ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।
उक्त विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०९:५४













