News Griha :: न्यूजगृह
बाग्लुङको दरमखोलामा बेपत्ता मजदुर मृत भेटिए
प्रतिनिधिमूलक तस्बिर

बाग्लुङ— बाग्लुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।

गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् ।

ओखलढुङ्गा घर भई हाल बाग्लुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए ।

उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:१६
Weather Update