News Griha :: न्यूजगृह
जातीय विभेदविरुद्ध जसपाले आज खबरदारी गर्ने

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो ।

काठमाण्डौंको माइतीघर मण्डलामा आज दिउँसो १ बजे पार्टीका नेताकार्यकर्तालगायत आम नागरिकहरूलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:५९
Weather Update