रहेनन् चर्चित गायक रोविन तामाङ

काठमाडौं— नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङ हामीमाझ रहेनन् ।
६० वर्षका रोविनको मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका—५ चिस्यानीस्थित निवासमा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् ।
कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । तर उनको निधनको कारण खुलिसकेको छैन ।
रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन् ।
रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । रोविनले उल्लेख्य संख्यामा गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०६:४६