News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबुल हुने सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक–२०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

सो विधेयक सोमबार बसेको राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको थियो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

sansad1688519981.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:०५
Weather Update