News Griha :: न्यूजगृह
 पशुपति मन्दिरमा श्रावणी मेला सुरु

पर्सा— वीरगञ्जस्थित पशुपति मन्दिरमा मंगलबादेखि श्रावणी मेला सुरु भएको छ । पहिलो दिन मंगलबार जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गरेका थिए ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको यात्रा नगर परिक्रमापछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दू परिषद्को संयुक्त आयोजनामा पहिलो पटक जलयात्रा सुरु गरिएको हो ।

जल यात्राको सुरुआत गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २२:१२
Weather Update