सर्यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।
भोलि मंगलबार बिहान ९ बजेका लागि पार्टी मुख्यालयमा बोलाइएको बैठक अब बिहीबार (चैत्र १६ गते) बिहान ११ बजे पार्टी कार्यालयमै बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकमा मन्त्री छनोट र आगामी १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १९:४६













