News Griha :: न्यूजगृह
पदम लिम्बूको परिवारलाई ३ लाख दिने निर्णय

विराटनगर— पहिचानको आधारमा प्रदेशको (कोशी प्रदेश) नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १८:००
Weather Update