1687058005.jpg)
सङ्खुवासभा— सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एक जनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो ।
यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । थारू सुपर हेवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।
चालक थारूको शव सोमबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शव परीक्षण गरिएको छ ।
थारूको सोमबार नै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । बाढीपहिरोमा परेको अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।
बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ ।