अपडेट
नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा

मुग्लिन— पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो पन्छाए सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् ।
घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो ।
सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०८:१७