झापामा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

झापा— मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा सोमबार बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए ।
सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०७:४५