News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडक : पहिरो गएको स्थानमा ट्रक पल्टियो,चालक घाइते

भरतपुर— नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेको ठाउँमा ट्रक पल्टिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो ।

ट्रकका चालक सामान्य घाइते भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङको भनाइ छ ।

उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०६:३७
Weather Update