कसले लगायो मधेस प्रदेशको गृह मन्त्रालयमा ताला ?

धनुषा— जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ ।
परिवारले शहीद प्रतिष्ठानका लागि घोषणा गरेको तीन लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो ।
आइतबार विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्री उपलब्ध हुन सकेनन् ।
मधेस सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख उपलब्ध गराउने घोषणा गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २१:२४