ललिता निवासमा बनेका अस्थायी संरचना हप्ता दिनभित्रमा हटाउन महानगरको निर्देशन
काठमाडौं— काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बनेका अस्थायी संरचनाहरु हप्ता दिनभित्रमा हटाउन निर्देशन दिएको छ ।
जग्गा हिनामिनाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेका बेला आइतबार महानगर प्रहरीले ललिता निवास पुगेर संरचना हटाउन निर्देशन दिएको हो ।
नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले जग्गामा रहेका अस्थायी संरचनाहरु हटाउन निर्देशन दिएको छ ।
उक्त जग्गा प्रकरणको मुद्दा अदालतमा विचाराधीन छ । सरकारी रहेको पक्का भइसकेकाले संरक्षणका लागि पहल लिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २०:१०