सरकारी जग्गा हिनामिना
ललिता निवास प्रकरणका थप ३ जना पक्राउ

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जना आरोपितलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही, भट्टराई २०६० सालमा काठमाडौं — ४ का तत्कालीन वडा सचिव (हाल महानगर अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालय डिल्लीबजारका कर्मचारी थिए ।
सीआईबीले प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १८:४५