नारायणगढ—मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन— पहिरोले अवरुद्ध नारायणगढ—मुग्लिन सडकखण्ड आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिकको तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध गराएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितका अनुसार सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरू गन्तव्यतर्फ जान थालेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १८:३४