
मेष (चु,चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ । प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ । साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ । गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
उपहारमा पाएको वस्तु हराउने वा नष्ट हुने सम्भावना छ । स्वास्थ्य कमजोर हुनाले यात्रामा समस्या आउन सक्छ । मंगलबारपछि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ । विशिष्ट व्यक्तिको साथ–सहयोग पाइनेछ । मिहिनेत गर्दा कर्मयोगले उचाइको मार्ग अबलम्वन गर्नेछ । व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ । रमाइलो शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । मंगलबारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ । आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही विवादास्पद काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो हिसाबकिताब सुल्झाउन समय लागे पनि नयाँ काम गर्ने बाटो खुल्नेछ । अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । अनुभव र पराक्रम देखाएर उपलब्धि हातपार्ने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जोखिम टर्नेछ । अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ । व्यापार र उद्योगमा फाइदा हुनेछ । रोकिएका काम गर्न सकिनेछ । सप्ताहान्तमा भने केही समस्यासँग जुध्नुपर्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सुरुको प्रयत्नले साताभरि फाइदा दिलाउनेछ । साताभरि केही उल्झन भने आइरहनेछन् । तापनि बुद्धिले काम लिन सकिनेछ । मंगलबारसम्म काममा अरूको भर नपर्नुहोला । सहयोगीहरूले समेत प्रतिस्पर्धीको स्वार्थमा काम गर्न सक्छन्, सजग रहनुहोला । बुधबारदेखि सानातिना उल्झन र घरेलु समस्या आउन सक्छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटले जटिल काम समेत सम्पादन गर्न सकिनेछ । तर साताभरि विवादास्पद जिम्मेवारी आउनाले केही आलोचित बन्नुपर्ने देखिन्छ । समय–समयमा आफ्नैबाट पनि धोका हुनेछ, विशेष योजना सार्वजनिक नगर्नुहोला । मंगलबार र बुधबार स्थिति अनुकूल बन्नाले सहयोगी जुटाउन सकिनेछ । रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु धा, फा, ढा, भे)
साताको प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला । तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ । खानपानको असावधानीले मंगलबारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ । गलत निर्णयले उपलब्धि जोगाउन मुस्किल पर्नेछ । पुरानो विवाद सुल्झाउने प्रयत्न गर्नुहोला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ । तर लगत्तै खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला । तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ । मंगलबारपछि रमाइलो भेटघाटले काममा उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम देखाएर उपलब्धि हातपार्ने समय छ । प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । बीचमा खर्चिलो काम आँट्नाले धेरै रकम जोहो गर्नुपर्ने देखिन्छ । तापनि, शुभचिन्तकहरूले साथ दिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ । प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिसँग निकटता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ । पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ ।