News Griha :: न्यूजगृह
बाख्रा चराउन गएका चार जनाको उद्धार

नेपालगन्ज— राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले उद्धार गरेको छ ।

जंगलमा बाख्रा चराउन गएका ६ मध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो ।

उनीहरू सबै बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०६:०१
Weather Update