News Griha :: न्यूजगृह
नागरिक सेवामा लाग्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन 

चितवन— प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । 

नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूमा निहित सीप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने बताए ।  

कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’ 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:११
Weather Update