News Griha :: न्यूजगृह
हुम्लाको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति

सिमकोट— हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रु २४ लाख बराबरको क्षति भएको छ । स्थानीय जसवीर शाहीको घरमा शनिबार बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको दोस्रो र तेस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

घरको तेस्रो र दोस्रो तलामा पूर्ण रूपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताए । ‘घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्,’ उनले भने । 

सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । रासस

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:४१
Weather Update