बढुवा
नेपाल प्रहरीका चार डीआईजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं— नेपाल प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ४ जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा सुदिप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङ छन् ।
एआइजी बसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा र एआइजीत्रय सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ४ दरबन्दी रिक्त छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १२:२२