बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते

काठमाडौं— बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको रात्रीबस बस शुक्रबार विहान कपिलवस्तुको देउराली मोडमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
बसमा ४० जना यात्रु सवार रहेको उनले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको डीएसपी घलेले जानकारी दिए ।
उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति र मोड भएका कारण दुर्घटना भएको बताउँदै डीएसपी घलेले दुर्घटनापछि चालक फरार रहेको जानकारी दिए ।
उनको खोजी भइरहेको डीएसपी घलेले जनाए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०८:४०