तराईका विभिन्न स्थानमा हावाहुरी र बाढीको सम्भावना, सर्तक रहन महाशाखाको अनुरोध

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका विभिन्न स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले सर्तक रहन आग्रह गरेको छ ।
हावाहुरीले सडक तथा हवाई यातायात,स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ ।
महाशाखाले भारी वर्षाका कारण खोलाखोल्सी, नदीको बहाव बढ्ने र बाढीपहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०६:३२