News Griha :: न्यूजगृह
पशुपतिमा कसैले सुन नै खाएको भए पनि मेराे सरोकारकाे विषय हाेइन : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भए पनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे ।

ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:१५
Weather Update