News Griha :: न्यूजगृह
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ

काठमाडौं— प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिललाई पक्राउ गरेको छ ।

अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । 

अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ ।

उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ । बिहीबार सार्वजनकि बिदा भएकाले शुक्रबारमात्रै म्याद थप हुने कार्कीले बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:३९
Weather Update