अग्नि सिमेन्टका मालिक कै छोराको बिहे भोजमा नक्कली रक्सी !

रुपन्देही— अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको बिहे पार्टीमा अवैध रूपमा भित्र्याइएको रक्सी प्रयोग गरेको आरोप लागेको छ । तर, पोखरेलले भने अवैध तरिकाले भित्र्याइएको रक्सी पार्टीमा प्रयोग नगरेको दाबी गरेका छन् ।
‘पार्टीमा प्रयोग भएको मदिरा स्थानीय बजार मै किनिएको हो,’ उनले भने । पोखरेलले भैरहवास्थित पौवा होटलमा बिहे भोजको आयोजना गरेका थिए । उक्त पार्टीमा प्रयोग भएको रक्सीबारे आन्तरिक राजस्व कार्यालय भैरहवाले अनुसन्धान सुरु गरेको छ ।
गत शुक्रबार भएको बिहे भोजमा भारतबाट अवैध रूपमा ल्याइएको रक्सी प्रयोग भएको आशङ्कामा कार्यालयले अनुसन्धान अघि बढाएको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको बताए । उनले भने, ‘थप जानकारी अनुसन्धानपछि खुल्ला ।’
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १४:५९