News Griha :: न्यूजगृह
अदालतभित्रै प्रेमिकामाथि वकिलले हाने मुक्का 

काठमाडौं— ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि एकजना कानुन व्यवसायीले कार्यकक्ष मै आक्रमण गरेका छन् । 

बुधबार अपराह्न कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले उनीमाथि आक्रमण गरेका हुन् । लामिछानेले मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेका थिए । त्यसपछि प्रेमिकाले मिसिल बाहिर लान मिल्दैन भनेपछि लामिछानेले हातपात गरेका हुन् । 

लामिछानेको मुक्का प्रहारबाट प्रेमिकाको दुईवटा दाँत हल्लिएको छ भने ओठमा सामान्य चोट लागेको छ । कानुन व्यवसायी लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:१६
Weather Update