News Griha :: न्यूजगृह
धादिङका बाँदरपीडित किसानले गरे बाग्मती प्रदेश सभा अगाडि नाराबाजी
धादिङका बाँदरपीडित किसान । फाइल तस्बिर ।

हेटौँडा— मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बाग्मती प्रदेश सभा भवन अगाडि नाराबाजी गरेका छन् ।

धादिङका किसानले बाँदर आतंक नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् ।

धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ ।

दुई वटा बस रिर्जभ गरेर करिब एक सय ५० जना किसान हेटौँडा आइपुगेको जनाइएको छ ।  बाँदरले जनजीवनमा समस्या पारेकाले प्रदेश सरकारले सम्बोधन गरिदिनुपर्ने किसानको माग छ ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेश सभा भवन परिसरमा प्रर्दशन गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २१:५६
Weather Update