माओवादी लडाकु शिविर घोटलाको फाइल तत्काल खोल्न कांग्रेस सांसदको माग

काठमाडौं— सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरु रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बुधबार माग गरेका हुन् ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै राणाले त्यसलाई छायामा पार्न नहुने बताए ।
‘लडाकुको विषयमा पनि समस्याहरु अहिले देखिएको छ । त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह पनि गर्न चाहन्छु । ललिता निवासको फाइल खोलिएको छ । त्यो ठिकै छ । कारबाही हुनुपर्छ ।’
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १९:०८