News Griha :: न्यूजगृह
कञ्चनपुरमा करेन्ट लागेर घाइते एकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

महेन्द्रनगर— करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । 

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:०८
Weather Update