News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं—  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ४०६ जनाविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै जग्गा फिर्ता गर्ने २०९ जना, गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा सोधभर्ना गर्ने ७४ जनाविरुद्ध पक्राउ अनुमति लिइएको जानकारी दिएको हो ।

सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो ।

जसमध्ये डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी सुरेन्द्रमान कपाली, कलाधर देउजा र भुपेन्द्रमणि केसी हाजिरी जमानीमा रिहा भएका छन् ।

त्यस्तै सीआईबीले मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन मालपोत कार्यालयका कर्मचारी खरदार गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो । 

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:४६
Weather Update