ललिता निवास प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा मुद्दा चलाउने भएको छ ।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गरि यसमा हदम्याद लागू नहुने पनि दाबी गरेको छ । सीआईबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको २०७९ साउनकै अन्तरिम आदेशका कारण तीन जना भने छुटेका छन् ।
मुलुकी ऐन २०२० मा सरकारी लिखत कीर्तेमा हद म्यादको व्यवस्था नभएको र त्यसअनुसार नै मुद्दा चलाउन लागिएको भन्दै सीआईबी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् । उनले भनिन्, ‘मुद्दा दर्ता नगर्ने प्रश्न छैन, मुद्दा दर्ता हुन्छ ।’
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १२:१८