News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीमा गएकालाई ट्र्याकिङ गर्न सांसद पौडेलको माग
फाइल तस्बिर ।

काठमाडौं— सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वैदेशिक रोजगारीका गएकाहरूको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरूमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरूलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुनेगरी संयन्त्रहरूको निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

वैदेशिक रोजगारीमा गएकाहरूको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै भने, ‘कतिपयको मृत्यु हुन्छ । तर, त्यो जानकारी उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको वर्षौ पछि मात्रै जानकारी हुने स्थिति भएको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपाललाई एअरपार्टदेखि नै ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’

उनले एअरपोर्टदेखि नै विदेशमा गएका नेपाली कामदारहरूको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराए । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:०६
Weather Update