News Griha :: न्यूजगृह
पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथर— पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् । 

कुम्मायक गाउँपालिका–१ मा मंगलबार विषाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विषाक्त च्याउ खाइ बिरामी परेका हुन् । उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:३८
Weather Update