News Griha :: न्यूजगृह
सिंहदरबारमा तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं— बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ भने विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा नै मध्यान्ह सवा १२ बजे बस्दैछ ।

त्यस्तै आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा नै बस्नेछ । 

समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:४७
Weather Update