उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । मंगलबार राति ११:२० बजेको उडानमार्फत उनी चीनको छेन्दु प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठलाई सकारका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखले बिदाइ गरेका थिए । बुधबार उनी पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्यतालिका छ ।
उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्रीसहितको भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ०६:३४