बाग्मती प्रदेश सभा बैठक बस्दै

मकवानपुर— बाग्मती प्रदेश सभाको बैठक बुधबार बस्दैछ ।
मंगलबार बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज बिहान ११ बजेका लागि तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विनियोजित बजेट २०८०/०८१ को विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले मंगलबार बैठक स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ०६:०८