News Griha :: न्यूजगृह
 मण्डपबाटै बेहुला पक्राउ

काठमाडौं— प्रहरीले एक जना बेहुलालाई  मण्डपबाटै पक्राउ गरेको छ ।

मंगलबार दिउँसो नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

सुनसरी दुहवी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले जानकारी दिए ।

प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रुपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो ।

बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालको भनाइ छ । रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:४७
Weather Update