News Griha :: न्यूजगृह
पुनः भूकम्पको धक्का

बाजुरा— बाजुरा केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ । आइतबार राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प मापनकेन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०६:१७
Weather Update