राष्ट्रिय अनुसन्धान विभागका दुई उच्च अधिकृतको बढुवा

काठमाडौं— राष्ट्रिय अनुसन्धान विभागका २ जना सहअनुसन्धान निर्देशक एक तह बढुवा भएका छन् ।
इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई सरकारले अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेश प्रमुखमा पदस्थापन गरेको छ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० २०:५८