News Griha :: न्यूजगृह
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना रिहा

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।

मंगलबार पक्राउ परेका पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई कागज गरेर प्रहरीले रिहा गरेको हो ।

उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । जग्गा प्रकरणमा प्रहरीले मंगलबार नै सात जनालाई पक्राउ गरेको थियो ।

जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:०४
Weather Update