News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले लिएका छन् ‘स्टेअर्डर’

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका १७ जनाले अदालतबाट  ‘स्टेअर्डर’ लिएको खुलेको छ । ती मध्ये मंगलबार पक्राउ परेका सुरेन्द्रमान कपाली, कलाधर देउजा र भुपेन्द्रमान केसीसमेत हुन् ।

उनीहरू डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी हुन् । प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबारमात्रै उनीहरूसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने डरले उनीहरूले सर्वोच्च अदालतबाट २०७९ साउन १९ गते ‘पक्राउ नगर्नू, नगराउनू’ भन्ने आदेश लिएको खुलेको छ ।

सीआईबीको टोलीले मंगलबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई पक्राउ गरेको छ ।

उनीहरूलाई अनुसन्धानका लागि म्याद लिन ब्यूरोले बुधबार अदालतमा उपस्थित गराउँदैछ । तीन जनाको हममा भने म्याद थप्ने वा छाड्ने भन्नेबारेमा सीआईबीले छलफल गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:४१
Weather Update