राष्ट्रसंघका उपमहासचिव नेपाल आउँदै

काठमाडौं— संयुक्त राष्ट्रसंघका उपमहासचिव जँ पियर लाक्वाँ मंगलबार नेपाल आउँदै छन् ।
राष्ट्रसंघको शान्ति सेना विभाग हेर्ने उपमहासचिव लाक्वाँ चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उपमहासचिव लाक्वाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने छन् ।
उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०९:१२