झापामा मालवाहक ट्रक र कार ठोक्कियो, दुईको मृत्यु

झापा— झापाको शिवसताक्षी नगरपालिकामा प्र १–०२–००१ क ३८७९ नम्बरको ट्रक र प्र १–०१–०० च ७४८२ नम्बरकाे कार एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले न्यूजगृहलाई दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिएकाे हाे ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको बी एण्ड सि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षीय गुरुचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेका छन् ।
दुर्घटनामा घाइते पाँच जनाकाे बी एण्ड सि अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०८:३५