News Griha :: न्यूजगृह
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस्

असार १२ गते मंगलबार । आज गणेश भगवानको पूजा गर्ने बार । असार शुक्ल नवमी तिथि परेको छ । पञ्चाङ्ग वरियान बालव हस्ता ।  राशिफल यस्तो छ । 

मेष

कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । मानसिक तनाब यथावत् रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ ।

वृष 

आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन् ।

मिथुन 

प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावस्यक खर्च बढ्ने देखिन्छ ।

कर्कट

चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

सिंह

सन्तानबाट सहयोग मिल्नेछ । महत्त्वपूर्ण काम सफल हुनेछन् । महत्त्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

कन्या 

व्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

तुला

इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ ।

वृश्चिक 

मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

धनु

धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रशन्न रहनेछ।

मकर

मेहनत गरे महत्त्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ 

व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसँग भेटघाटमा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुने छ।

मीन 
साथीभाईको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०५:५१
Weather Update