News Griha :: न्यूजगृह
एटीएम मेसिन तोडफोड गर्ने २ पक्राउ 

काठमाडौं — डल्लुस्थित सिद्धार्थ चोक नजिकै माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखका २३ वर्षीय पारस ठकुरी र दोलखाका १९ वर्षीय चन्द्र तामाङ छन् । एटीएम मेसिन तोडफोड गरी उनीहरु भागेका थिए । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:२२
Weather Update