आज कोरोना संक्रमित १६ जना

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १७:५४