News Griha :: न्यूजगृह
लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषधको प्रयोगले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् । 

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा समाज र राष्ट्रको लागि हानिकारक भएको भन्दै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्ने बताए ।

उनले भने, ‘लागूऔषधको उपयोग, कारोबार र वृद्धि चिन्ताजनक छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, व्यक्ति समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्छ । स्वस्थ, सभ्य, अपराध मुक्त समाज निमार्ण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यसले थप चुनौती सिर्जना गरेको छ ।’

गृहमन्त्री श्रेष्ठले जनताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न लागूऔषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासीमा नियन्त्रण गर्न गृह मन्त्रालयले लागूऔषध ऐन २०३३ कार्यान्वयनको नेतृत्व गरिरहेको उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:११
Weather Update