News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइँदै

काठमाडौं— हरेक वर्षको जून २६ लाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ ।

‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाउन लागिएको हो ।

उक्त दिवस मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । 

विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु दिवस मनाउनुको मुख्य उद्देश्य हाे ।

लागूऔषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागूऔषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्न दिवस मनाइने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:४१
Weather Update