News Griha :: न्यूजगृह
हर्क साम्पाङलाई बालेनले भने– तपाईंको सुखमा सबै साथमा भए पनि दुःखमा म छु

काठमाडौं— धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफूविरुद्ध मुद्दा लगाएको गुनासो गरे ।

उनले फेसबुकमा गुनासो गरेका छन्,‘पसिनाको भेल बगाएँ अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’

साम्पाङको सोही स्टाटसमा सान्त्वना दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दुःखमा आफू साथमा रहेको बताएका छन् ।

उनले कमेन्टमा भनेका छन्,‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथमा भए पनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ ।’

साम्पाङ र साह दुबै जना स्वतन्त्र मेयर हुन् । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:४८
Weather Update